वर्षाले अवरुद्ध भारत र पाकिस्तानबीचको खेल आज पुन: हुँदै

एसिया कप क्रिकेटअन्तर्गत गएराति वर्षाले अवरुद्ध भारत र पाकिस्तानबीचको खेल आज पुनस् हुँदैछ । आइतबार रोकिएकै ठाउँबाट आज पुनस् खेल शुरू हुनेछ ।

भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा शुरू भएको थियो । तर, मौसम नखुलेपछि खेल रद्ध थरेर आजका लागि सारिएको थियो ।

Dengue

यसअघि भारत र पाकिस्तानबीचको समूहगत चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । त्यसमध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ ।

५५ खेलमा भारत विजयी भएको छ । यी दुई राष्ट्रबीच खेलिएको बाँकी खेल भने अनिर्णित भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार