नेपालमा लगानी गर्न लगानीकर्ताहरूलाई प्रधानमन्त्री प्रचण्डको आग्रह 

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको अनुकूल वातावरण बनेको भन्दै लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरेका छन् ।

लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लगानीको अनुकूल वातावरण बन्दै गएको अवस्थामा लगानीको प्रभावकारी सदुपयोग र जोखिममुक्त गर्न सरकार प्रतिबद्ध रहेको भन्दै लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरेका हुन् ।

Dengue

संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको भन्दै कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समयसीमाभित्र लक्ष पुरा गर्नु प्रमुख चुनौतीको रूपमा रहेको जिकिर गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार