स्वस्तिक अस्पतालले पटक पट्क विरामीको स्वास्थ्यमाथी गर्छ गम्भिर खेलबाड

धनगढी: धनगढी–३ स्थित स्वस्तिक अस्पतालले विरामीको स्वास्थ्यमाथी गम्भिर खेलवाड गर्ने गरेको पाइएको छ ।

आर्थिक भार बढाउने मात्र नभई हुँदै नभएका रोगको नाम लगेर विरामी र विरामीका आफन्तलाई तर्साउने काम समेत स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि धनगढीले गर्ने गरेको गुनासो छ ।

Dengue

‘भदौ ६ गते स्वास्थयमा समस्या भएपछि बहीनीलाई स्वस्तिकमा भर्ना गरेका थियौं,’ धनगढी–३ का कोषराज भट्टले भने, ‘त्यहाँ जंडिस, निमोनिया, पिसावमा संक्रमण, रगतमा संक्रमण, फोक्सोमा संक्रमण, कलेजोमा इन्फेक्सन, छातिमा दाग, मलेरिया, कालाजार र हेपाटाइटिसको संक्रमण भएको भन्दै डाक्टरले हामीलाई तर्साए, अर्को अस्पताल लग्दा जंडिस मात्र रहेछ ।’

डाक्टर गणेश फुलाराले बहिनिको स्वास्थ्य परिक्षण गरेको उनले बताए । अस्पतालले धेरै रोग देखाएर विरामी र आफन्तलाई चिन्ता बढाउने काम गरेको उनले बताए । ‘त्यहाँ तीन दिन सम्म राखेर डाक्टरले पैसा पनि धेरै लगे,’ उनले भने, ‘रोगिको उपचार पनि राम्ररी गरेनन् ।उनको प्रश्न छ ‘यस्ता अस्पतालको लापरबाहीले गर्दा बिरामीले कहिले सम्म ज्यान गुमाउनु पर्ने हो,’ ?

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार