बझाङमा आमाछोरालाई छुरा प्रहार गर्ने पक्राउ

बझाङ: गत मंगलबार राति सुतिरहेका आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएका थिए ।

घटनामा संलग्न कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका उनले प्रहार गरेको छुराबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका थिए ।

Dengue

चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन । राति १२ बजेतिर अनुहार मास्कले ढाकेर लुटपाट गर्ने उद्धेश्यले कोठाभित्र छिरेको र मान्छेले आफू पसेको थाहा पाएपछि छुरा प्रहार गरेको चौधरीले प्रहरीसमक्ष बताएका छन् । उनलाई कैलालीस्थित उनकै घरबाट पक्राउ गरिएको हो ।

‘घटना भएपछि त्यो ठाउा छोडेर गएका मानिस र उसले लुटेर लगेको मोबाइललाई ट्य्राक गरेर अभियुक्त पक्राउ गर्न सफल भएका छौं,’ बझाङ जिल्लाका प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले भने, ‘उसले अपराध पनि स्वीकार गरिसकेको छ ।’

चक्कु प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । छुरा प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ । बच्चाहरूको अनुहार, छाती, घाँटी र पिठ्यूँमा चोट लागेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार