कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

धनगढी: कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

कैलालीको धनगढी उप-महानगरपालिका २ भन्सारबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु १५,००० बराबरको नरिवल, साईकलका ट्युब, सुर्ती लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आईतवार साँझ नियन्त्रणमा लिएको हो ।

Dengue

यस्तै कंचनपुरको बेलौरी न.पा. ६ बैशाका, शुक्लाफाटा न.पा. ५ बनसमिति र भिमदत्त न.पा. ५ सुकासालबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका अन्दाजी रु ७६,६५० बराबरको चिनी, गुट्खा, आलू,लेडिज सुट,पास्ता,लगायतका सामानहरु सहित साईकल प्रहरी गस्ती टोलीले आईतवार साँझ नियन्त्रणमा लिएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार