अछाम पुग्दा पनि रोकिएन निरीक्षक जोहारीको नागरिक सचेतनामुलक कार्यक्रम

अछाम: तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं. ७११ मिति २०८०/०४/३० गतेको पत्रादेशानुसार तालुक केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्ज काठमाण्डौं दरबन्दी भई काज जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा ७ महिनाको उत्कृष्ट कार्य देखाई हाल ईलाका प्रहरी कार्यालय कमलबजार अछाम कार्यालयमा सरुवा हुनु भएका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत कमलबजार नगरपालिका बजार क्षेत्रका स्थानिय वासिन्दाहरु माझ विषालु च्याउ सेवनबाट हुन सक्ने क्षति रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सहित स्थानिय वासिन्दाहरु सँग विभिन्न सुरक्षा सम्बन्धि वुँदाहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

कैलालीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय हुदा जनताको सुरक्षा संग केन्द्रिय रहेर सवारी साधन तिव्र गतिमा चलाउन रोक,सडक दुर्घटना न्यूनीकरण गर्न सडकमा जेब्रा क्रसीङ ,बिपरित दिशामा सवारी साधन चलाउने चालकलाई ट्राफिक व्यवस्थापन सम्बन्धि कक्षा नै संचालन गरेका थिए । विभिन्न उत्कृष्ट कार्य गरेका जोहारी अछाम पुरेर फेरि पनि नागरिकका सवालमा जिम्मेवार देखिन्छन् ।

SHIKHAR COOL TECH

त्यस्तै कुनै पनि अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई वा नियम उल्लंघनका कारण हुने सवारी दुर्घटनाका केसलाई शून्यमा झार्ने लक्ष्यअनुसार कार्य सम्पादन गरिरहेको जोहारीले बताए । ‘मेरो कार्यकालमा कुनै पनि अपराधिक गतिविधि कति कम गर्न सक्छु त्यो समयले देखाउला तर सकेसम्म त्यस्ता केस शून्यमा झार्ने लक्ष्य छ’, उनले भने, ‘हामी निरन्तर लागिरहेका छौँ, अब झनै सक्रियता बढाउछौ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार