चन्द्रयान-३ का तीन मध्ये दुई उद्देश्य पूरा भएको इसरोको भनाइ

काठमाडौं: इसरोले चन्द्रयान–३ मिसनका तीनवटा मिसनमध्ये दुईको उद्देश्य पूरा भएको जनाएको छ । तेस्रो उद्देश्य अन्तर्गत वैज्ञानिक प्रयोगहरू भइरहेका छन्। सबै पे लोडहरूले पनि राम्ररी काम गरिरहेका छन्।

इसरोले एक्समा ट्वीट गर्दै भनेको छ, “मिसनका तीनवटा उद्देश्यहरू मध्ये दुई – चन्द्रमाको सतहमा सुरक्षित र सफ्ट ल्यान्डिङ र चन्द्रमामा रोभरको रोभिङ प्रदर्शन – पूरा भएको छ। तेस्रो उद्देश्य वैज्ञानिक प्रयोगको प्रदर्शन पनि भइरहेको छ।”

Dengue

इसरोले बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो चन्द्रयान-३ सफलतापूर्वक अवतरण गरेको छ । यस सफलताका लागि वैज्ञानिकहरू र सम्पूर्ण देशलाई बधाई दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले आदित्य एल-१ को उल्लेख गरेका थिए ।

उनले भने, “चाँडै इसरोले सूर्यको विस्तृत अध्ययनको लागि आदित्य एल-१ मिसन सुरु गर्न लागेको छ।” इसरो प्रमुख एस सोमनाथले पनि भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको अर्को मिसन आदित्य एल-१ रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार