विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग खेल्ने

काठमाडौं: मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । ३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा उपाधि जितेको छ ।

नेपाली टिमले हाल तयारी स्वरुप टिममा रहेका खेलाडी कुन खेलाडी कुन ठाउँमा फिट हुन्छन् भन्ने परिक्षण चलिरहेको प्रशिक्षक सामसन जंग थापाले बताए ।

Dengue

‘हामीले चारदेशीय सिरिजको उपाधि जित्यौं पुन तयारी स्वरुप हामी २८ तारिख थाइल्यान्डसँग खेल्दैछौं’, मलेसियामा रहेका प्रशिक्षक थापाले बताए।

नेपालको टोलीमा रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, बिन्दु रावल, पुजा महतो, अस्मिना कर्मचार्य, खुसी ढंगोल,इश्वरी विष्ट, सम्झना खड्का , अप्सरी बेगम, कविता कुँवर, कविता जोशी र रुवी पोदार रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार