सन्चोको प्रयोग गर्दा यी कुरामा ख्याल राख्नुपर्छ 

‘सन्चो’ नाममा उपलब्ध हुने तिख्खर सुगन्धयुक्त तेलबारे सायदै अनभिज्ञ होलान् । किनभने रुघा लाग्दा, नाक बन्द हुँदा होस् वा मांसपेशी–जोर्नी दुख्दा धेरैले सन्चो प्रयोग गर्छन् । विगतको तुलनामा सन्चोको उत्पादन र खपत दुवै बढेको छ ।

सन्चोको उपयोगिता अनेक छ । सन्चोको केही थोपा हालेर बाफ लिने, हातगोडा मसाज गर्ने, टाउको दुखेको बेला निधारमा केही थोपा हालेर हल्का मसाज गर्नुपर्छ, दुखाइ कम हुन्छ । लामखुट्टे वा अन्य कीराले टोक्दा पनि चिलाउने वा रातो हुने समस्या कम हुन्छ । थकान वा अरु कारणले हातखुट्टा दुखेको छ भने पनि सन्चोको केही थोपा लगाएर मसाज गर्नुपर्छ, आरम महसुस हुन्छ ।

Dengue

यसरी सन्चोको प्रयोग रुघाखोकी, जोर्नी दुखेको, नाक बन्द भएको, थकान, जीउ दुखेको, मांसपेशी दुखेको, टाउको दुखेको, मर्केको ठाउँ र सामान्य चिलाइमा गर्न सकिन्छ ।

खासमा के हो सन्चो ?

सन्चो हाम्रै घर आँगनमा पाइने औषधीय वनस्पतिबाट बनाइन्छ । पुदिना, युकालिप्टस (मसला), कपुर, धसिंग्रे, तुलसी, टिमुर र लेमनग्रासको सुगन्धित तेल मिश्रण गरेर सन्चो बनाइन्छ । प्राकृतिक जडिबुटीहरुको समिश्रणका कारण यो विभिन्न स्वास्थ्य समस्याको अचूक समाधान बनेको हो । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले यी जडिबुटीहरुको उत्पादन गर्दै आएको छ ।

यसको कुनै नकारात्मक असर छ ?

आयुर्वेदिक होस् वा एलोपेथिक प्रायस् सबै औषधिको केही न केही असर त हुन्छ नै । कुनै औषधिले एउटा व्यक्तिलाई फाइदा गर्छ भने अर्को व्यक्तिलाई बेफाइदा गरिरहेको हुन्छ । त्यसैले सन्चोले पनि कसैलाई एलर्जी हुन सक्छ ।

कस्तो अवस्थामा प्रयोग नगर्ने ?

पहिले सन्चो उत्पादनको सुरुवाती दिनमा १-२ थोपा सन्चोलाई पानीमा हालेर खाने पनि गरिन्थ्यो । तर औषधि व्यवस्था विभागले सन्चोलाई खानमा प्रयोग नगर्न भनेपछि खाने सुझाव बन्द गरियो । आँखामा सोझै यसको प्रयोग गर्नु हुँदैन ।

सन्चोको प्रयोग बाहिरी प्रयोजनको लागि मात्र गर्न सकिन्छ । भित्री रुपमा यसको प्रयोग गर्नु हुँदैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार