धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र लोकसेवा आयोग सुदुरपश्चिम प्रदेशका अध्यक्ष यज्ञराज बोहरा बिच आज भेटवार्ता भएको छ ।
सुदुरपश्चिम प्रदेशमा सरकारी कार्यालयमा रिक्त रहेका कर्मचारी र लोकसेवा आयोगको प्रगति ,निजामति सेवा ऐन नियमावली लगायत विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त छलफलमा भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा र लोकसेवा आयोगका सदस्य सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्