दलहरुबीच सहमतिपछि अब सदनको अवरोध हट्ने

काठमाडौं: राष्ट्रिय मान्यताप्राप्त सात दलबीच सिंहदरबारमा भएको दुई बुँदे सहमतिपछि सदनमा जारी अवरोध हट्ने भएको छ। सदनमा गत साउन १० गतेदेखि अवरोध हुँदै आएको थियो। सहमतिपछि सदनको अवरोध हट्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

उच्चस्तरीय छानबिन समिति गठनको माग गरेर सदन अवरोध गर्दै आएको दल एमालेका प्रमुख सचेतक पदम गिरीले पनि अबदेखि सदन खुल्ने बताए। उनले छानबिन समिति गठन गर्नका लागि आफूहरूले लामो संघर्ष गर्नुपरेको बताए।

Dengue

दलहरुबीच साउन २ गतेको सुन तस्करीको अनुसन्धान सीआईबीले गर्ने सहमति भएको छ। त्यस्तै, इलेक्ट्रिक सिगरेटमा सुन राखी गरिएको तस्करी र ब्रेक-सुमा सुन राखी गरिएको तस्करी लगायतका पटकपटकका सुन तस्करीका सम्बन्धमा आयोगमार्फत् छानबिन गर्ने सहमति भएको छ।

असोज ५ गते आयोग गठन गरिने र त्यसले तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटकपटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धान बारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्ने भनिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार