सुदूरपश्चिम सहित पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ : आज पाँच प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन् ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

Dengue

सुदूरपश्चिम प्रदेशमा दिउँसो र कोशी, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा राति ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।

अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । काठमाण्डौ सहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

मनसुन सक्रियसँगै नेपालमा अहिले भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको र यसको प्रभाव अझै एक दुई दिन रहने मौसमविद्ले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार