प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं: आज (बुधबार) संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक बस्दै छ। प्रतिनिधि सभा बैठक दिउँसो ३ बजे र राष्ट्रिय सभा बैठक दिउँसो ३:१ बजे बस्ने गरी समय निर्धारण भएको छ।

तस्करीको ६० किलो सुन बरामद भएपछि नेकपा एमालेले संसद्‌का दुवै सदनमा पुर्‍याउँदै आएको अवरोध बुधबारदेखि हट्ने सम्भावना छ। संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलहरुबीच सोमबार राति भएको सहमतिअनुसार संसद्‌को अवरोध हट्ने देखिएको हो।

Seti Hospital

यद्यपि संसद्‌को अवरोध हट्ने, नहट्ने विषय शीर्ष नेताहरुको बैठकले निर्धारण गर्ने भएको छ। यसअघि मंगलबार बस्ने तय भएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक शीर्ष नेताहरुको ‘सहमति’का लागि बुधबारसम्मलाई सारिएको थियो। मंगलबार सूचना टाँस गरी बुधबारका लागि संसद्‌का दुवै सदनको बैठक सारिएको थियो।

नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेर संघीय संसद्‌का दुवै सदनमा अवरोध पुर्‍याउँदै आएको थियो। एमालेको अवरोधका कारण साउन १० गते यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार