कैलालीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरीको मृत्यु

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरीको मृत्यु भएको छ।

गत साउन १४ गते साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको हो।

Dengue

सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिदा अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते भएका थिए। ट्याक्टरको ठक्करबाट घाइते भएका हेमराजको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा हिजो (सोमवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार