वर र पिपल किन सँगै रोपिन्छ ?

काठमाडौँ: वर र पिपल हामी सबैले देखेका छौँ । यी दुई जहिले पनि एकै ठाउँमा दायाँ र बायाँ बनाएर रोपिएको पाइन्छ । चौतारो होस् वा मठमन्दिर या सार्वजनिक स्थल हामीले वर र पिपल सँगसँगै रहेको देखेका छौँ । विशेष गरी पिपललाई दायाँ र वरलाई बायाँ पारेर रोपिएको देखिन्छ ।

कुनै ठाउँमा वर वा पिपल एउटा मात्र देखियो भने हाम्रो मनमा प्रश्न उठ्ने गर्छ– किन एउटा मात्रै होला भनेर १ त्यसैले आज हामी तपाईँलाई यसबारेमा जानकारी गराउँदै छौँ ।

Dengue

के तपाईँलाई थाहा छ वर र पिपल सँगसँगै रोपिन्छ रु हिन्दु धर्म संस्कृतिमा वरको बोटलाई दीर्घजीवी र पूज्य मानिएको छ भने पिपललाई अत्यन्तै शुभ वृक्ष मानिन्छ ।

पद्म पुराण अनुसार पीपललाई भगवान् विष्णुको अर्को रूप मानिन्छ । यसै कारण पिपललाई वृक्षराज अर्थात् रुखहरूको राजा समेत भन्ने गरिन्छ । धर्मशास्त्रमा पिपलको रुखमा शनिको बास हुने भएकाले शनिबारको दिन जल चढाउँदा वा छुँदामात्र पनि यसको सकारात्मक प्रभाव पर्ने उल्लेख छ ।

शनिबारको दिन पिपलको बोटमा पानी चढाउँदा मनोकामना पूर्ति हुने, शत्रुको नास हुने, सुख शान्ति, सम्पत्ति, धनधान्य, ऐश्वर्य, सन्तान सुखको पनि प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता छ ।

यसको पूजाले ग्रह दोषको पनि निवारण हुन्छ र शनिवारको दिन पीपलको पूजा गर्दा जीवनमा आई लागेका सबै दुःख, समस्या हरण हुने जनविश्वास छ ।

यस्तै, वरको बोटको जरामा पूजा गर्नाले फल प्राप्त हुने जनविश्वास छ । धर्मग्रन्थमा यी दुवै वृक्षको पूजा गर्नाले सन्तान प्राप्ति हुने कुरा उल्लेख गरेको पाइन्छ ।

सामान्य भाषामा हामी वर भनेको लक्ष्मी, पिपल भनेको विष्णु र स्वामी भनेको लोकन्ती भनेर बुझ्न सक्छौँ । यी तीनै वृक्षलाई त्रिदेवको नामले चिनिने भएकाले पनि वर पिपल र स्वामी सँगसँगै रोप्ने परम्परा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार