कैलारी गाउँपालिकाका एक वडा सदस्यको मृत्यु

धनगढीः कैलालीको कैलारी गाउँपालिका–८ दुधिया गाउँका ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको हो।

शनिबार कैलारीबाट धनगढी आइपुगेका माधुरामको मृत्यु भएको हो। उनको मृत्युपछि आज कैलारी गाउँपालिकाको कार्यालय एवं शिक्षण संस्थाहरुमा बिदा दिइएको छ। कैलाली प्रहरीका अनुसार वडा सदस्यको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै अनुसन्धान सुरु थालिएको छ।

Dengue

प्रेसरका बिरामी समेत रहेका माधुराम अचानक लडेपछि राति नै अस्पताल लगिएको थियो। तर उनको बिहान मृत्यु भएको गाउँपालिकाले जनाएको छ। धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार