कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका- २ त्रिनगरबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका हुन् ।

Dengue

कंचनपुरको पुनर्वास- ११ बस्ने १८ वर्षीय बिनय चौधरी र सोही ठाउँ बस्ने १८ वर्षीय बिकास चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई शनिवार दिउसो उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १०० मिलिग्राम लागु औषध बरामद गरिएको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार