नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघ्यो, ७५ जिल्लामा फैलिएको रोगबाट हालसम्म १२ जनाको मृत्यु

काठमाडौं: नेपालमा हालसम्म डेंगु संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको छ । हालसम्म सरकारी तथ्यांकअनुसार १५ हजारभन्दा धेरैलाई यो रोगको संक्रमण पुष्टि भएको छ ।

गएको पुस महिनायता डेंगु संक्रमितको संख्या १५ हजार ३९४ पुगेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकमा उल्लेख गरिएको छ ।

Dengue

यस्तै डेंगु संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा ११ हजार ३७८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै दोस्रोमा रहेको बागमतीमा २ हजार ४६४ जना संक्रमित छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा ४३४ जना संक्रममित भएका छन् ।

यस्तै धादिङमा १ हजार ७५६ संक्रमित भएको ईडीसीडीले जनाएको छ । हालसम्म डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार