‘एक भगवत् गीता’ को पोस्टर सार्वजनिक

काठमाडौँ: झरना थापा निर्देशित फिल्म एक भगवत् गीताको पोस्टर सार्वजनिक गरिएको छ।

शुक्रबार सार्वजनिक तीन पोस्टरमा अभिनेता विपीन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ। पोस्टरमा धिरजलाई गुरुङ पहिरन, सुहानालाई मधेशी समुदायकी युवती र विपीनलाई पारलैंगिक महिलाको अवतारमा प्रस्तुत गरिएको छ।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा विपीन, सुहाना र धिरजसँगै कबीर खड्का, जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायत कलाकारको अभिनय छ।

सुनिल कुमार थापाको निर्माण रहेको फिल्मको कथा निर्देशक झरनाले लेखेकी हुन्। झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन्।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्रदेव गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत रहेको छ।

यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुँदैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार