डेंगी संक्रमणबाट बैतडीका एक युवकको मृत्यु

बैतडी: डेंगी संक्रमणबाट बैतडीका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ चनेताका २० वर्षिय विजय भट्टको भारतमा डेंगी संक्रमणबाट मृत्यु भएको हो । भारतको नयाँ दिल्ली आजादपूरमा काम गर्दै आएका भट्टको बिहीवार डेंगी संक्रमणबाट मृत्यु भएको आफन्त गणेश दत्त भट्टले जानकारी दिए । उनका अनुसार तिन दिन पहिले विजयलाई उच्च ज्वरोले च्यापेको थियो । ज्वरो आएर बिरामी परेका उनलाई बुधबार अस्पताल लगेर चेकजाँच गराउँदा डेंगीे संक्रमण पुष्टि भएको थियो ।

Dengue

डेंगी देखा परेर औषधि सेवन गरिरहेका उनलाई बिहीवार फेरि उच्च ज्वरो आएर आजादपूर स्थित फोर्टिज हस्पिटलमा भर्ना गरिएको थियो । बिहान हस्पिटल भर्ना गरिएका उनको दिउँसो उपचारकै क्रममा मृत्यु भएको आफन्तले बताए । उनि रोजगारीको सिलसिलामा ३ महिना पहिले मात्रै भारत गएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार