उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको नयाँ कार्यकारिणी समिति सदस्यहरुको पदस्थापन

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको नयाँ मनोनित कार्यकारिणी समिति सदस्यहरुले पदस्थापन गरेका छन् । बिहिबार संघको आफनै हलमा एक समारोहको आयोजना गरि नव मनोनित सदस्यहरुको पदस्थापन गरिएको हो ।

संघको मनोनित सदस्यमा मेघ राज दाहाल, तेज बम, भीम शाही, सीता भट्टराई रहेका छन् । त्यस्तै धनगढीबाट ओम प्रकाश अग्रवाल, माया प्रकाश भट्ट, दार्चुला गजेन्द्र विर चन्द र मंगल सिंह ठगुन्नालाई सल्लाहकारमा मनोनित गरिएको छ।

SHIKHAR COOL TECH

यस्तै संघको कानुनी सल्लाहकारमा धनगढीका विर बहादुर जेठारा, डोटीका नरेन्द्र खड्का, राम बहादुर भण्डारी, टीकापुर अत्तरियाका अशोक देवकोटा, महेन्द्रनगरका कृष्ण प्रसाद पाठक, खेम राज कुंवर, बम बहादुर शाहलाई मनोनित गरिएको छ ।

योसँगै नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावललाई संघको प्रेस सल्लाहकारका रुपमा पदस्थापन गरिएको छ । यस्तै आर्थिक सल्लाहकारमा सौभाग्य राज पाठक, राम बहादुर शाह, तिर्थ राज पन्त, विवेक भट्ट, चेत राज जोशी, सुजित राज शर्मा, महेश बहादुर मल्ल, लक्ष्मी दत्त पाण्डे, पदम राज बोहरा जैशी, जितेन्द्र बोगटी, वाला राम जैशी, धर्म राज जोशी, भगवती रेग्मी र सुरेन्द्र शाहीलाई मनोनित गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार