कञ्चनपुरमा युवकको मृत्यु भएको भन्दै चक्काजाम

कञ्चनपुर: कञ्चनपुरमा युवकको मृत्यु भएको भन्दै चक्काजाम गरिएको छ। इन्टरनेट प्रदायक कम्पनीको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै आज गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको हो।

बुधवार साँझ इन्टरनेटको तार टाउकोमा करेन्ट लागेर स्थानीय दिनेश ओडको मृत्यु भएको हो।आफन्त र स्थानीयले आज बिहानैबाट भीमदत्त नगरपालिका–५ सुकासाल अन्तर्गत सडकमा प्रदर्शनसहित ढुंगा राख्दै टायर बालेर चक्काजाम गरेका छन्।जथाभावी तार छाड्ने कम्पनीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेका छन्।

Seti Hospital

अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार