अत्तरियामा रहेको सत्यवती एकेडेमीमा आगलागी

अत्तरिया: अत्तरियामा रहेको एक स्कुलमा आगलागी भएको छ ।

गोदावरी नगरपालिका वडा न २ रिङ्गरोडमा रहेको सत्यवती एकेडेमीमा आगलागी भएको हो । बुधवार बिहान करीब ५ बजेतिर भवनको तेस्रो तलामा रहेको कम्प्युटर ल्याबमा आगलागी हुँदा स्कुललाई ठुलो क्षति भएको छ ।

Dengue

आगलागी हुँदा उक्त ल्याबमा रहेका ७० थान कम्प्युटर, २ थान एसी, २ थान सिसी क्यामेरामा क्षति भएको छ । ल्याबमा रहेका ७० थान कम्प्युटर मध्ये ४१ वटा कम्प्युटर पूर्ण रुपमा जलेर नस्ट भएका छन भने २९ वटा कम्प्युटरमा आँसिक रुपमा क्षति भएपनी काम नलाग्ने भएका छन् । त्यसैगरि एसी र सिसी क्यामेरा पूर्ण रुपमा जलेर नस्ट भएका छन ।

आगलागीबाट कम्प्युटर, एसी, सिसी क्यामेरा, फर्निचर गरी करीब ३५ लाख बराबरको क्षति भएको स्कुलका सस्थापक वीर बहादुर कडायतले जानकारी दिए । उनले भने संगै रहेको साइन्स ल्याबमा भने क्षति भएको छैनू यदी क्षति भएको भए स्कुलको भवन नै सखाप हुने थियो । विधुत सर्ट हुँदा आगलागी भएको हुनसक्ने उनको भनाइ छ ।

अहिले ईलाका प्रहरी कार्यालय मालाखेती, स्थानिय लगायतको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार