श्रीलंकाका चर्चित स्पिनर हसरंगाले लिए टेष्टबाट सन्यास

काठमाडौं: श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । हसरंगाले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

उनले सेतो बल फम्र्याट अर्थात टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय फम्र्याटमा भने निरन्तर खेल्नेछन् ।हाल क्रिकेट जगतमा उत्कृष्ट लेगस्पिनर तथा
अलराउन्डरको छवि बनाएका हसरंगाले २०२० मा दक्षिण अफ्रिकाविरुद्ध सेन्चुसरियनमा टेस्टमा डेब्यू गरेका थिए ।

Dengue

उनले ४ टेस्ट खेलमा १९६ रन बनाउनुको साथै चार विकेट लिएका छन् । उनले पछिल्लो पटक २०२१ अप्रिलमा बंगलादेशविरुद्ध घरेलु मैदान पालेकेलेमा अन्तिम टेस्ट खेल खेलेका थिए ।

उनले ४८ ओडीआई खेलमा ६७ विकेट लिएका छन् । ब्याटिङतर्फ उनले ४ अर्धशतकसहित कुल ८३२ रन बनाएका छन् । त्यस्तै ५८ टी-२०आई खेलमा ५३३ रन बनाउनुको साथै ९१ विकेट लिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार