काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भारतीय समकक्षी नरेन्द्र मोदी र सम्पूर्ण भारतीय नागरिकमा शुभकामना व्यक्त गरेका हुन् ।
बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भारत र भारतीय जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् ।
भारतले हरेक वर्ष अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्