उपराष्ट्रपति यादव चीनको चाङसुई विमानस्थलमा अवतरण

काठमाडौँ: उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि गएराति चीनको कुनमिङ पुगेका छन् ।

चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन पुगेका हुन् ।

Dengue

उनलाई कुनमिङको चाङसुई अन्तर्राष्ट्रिय विमानस्थलमा युनान प्रान्तीय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष चेन युहाउ, चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ र युनान प्रान्तको विदेश मामिला कार्यालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा यादव सहभागी हुनेछ ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार