कागबेनीका बाढीपीडितलाई सहयोग पठाइने

धनगढी । गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठकले उक्त निर्णय गरेको हो । गएराति बाढीले कागबेनी क्षेत्रका घरहरू बगाउँदा सर्वसाधारण विस्थापित भएका छन् ।

बैठकले राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्न मेशिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएपछि तीन हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ ।

Dengue

बैठकले जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङबाट माग भई आएअनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने निर्णय गरेको छ । त्यसैगरी बाढी पहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षणलगायत कार्यहरूमा गण्डकी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयरूबाट आवश्यक समन्वय, स्रोत साधनको परिचालन र सहजीकरण गर्न निर्देशन गरेको छ ।

मौसम प्रतिकूल भएकाले हेलिकप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालका लागि ट्र्याक्टरबाट इन्धन, कम्बल, टेन्ट लगायतका सामग्री पठाइने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार