गर्मीमा किन आउँछ घमौरा ?

घमौरा भनेको के हो ?
घमौरा पसिनाको ग्रन्थिबाट आउने एक किसिमको संक्रमण हो। पसिना ग्रन्थिका प्वालहरू शरीरमा सबैतिर सिधा भएर जान्छन्। तर कहिलेकाहीँ कुनै कारणवश पसिनाको प्वाल बन्द भयो भने शरीरमा घमौरा देखिने गर्दछ। बच्चामा सुरुको एक दुई हप्तामा धेरै घमौरा देखिन्छ। जति उमेर बढ्दै जान्छ, पसिना निस्कने ग्रन्थि पनि विकसित हुँदै जाने भएकाले समस्या कम हुँदै जान्छ। बच्चामा काखीमा बढी घमौरा आउँछ।

बच्चाको फेसमा ठुलो-ठुलो पिलो जस्तो देखिने फोका पनि आउने गर्छ। मानिसमा पनि कसैको ढाडमा देखिन्छ। घमौरा कतिपय अवस्थामा उपचार नगरी पनि निको हुन्छ। घमौरा धेरै फैलिएको छ भने इन्फेक्सन पनि हुन्छ। यस्तो अवस्थामा यान्टिबायोटिक क्रिम लगाउनुपर्ने हुन्छ।

Dengue

किन आउँछ घमौरा ?
विषेशगरी छालामा उपस्थित ब्याक्टेरियाले पसिना निस्कने छिद्रलाई बन्द गर्दा, मृत कोशिकाले पसिना निस्कने छिद्रलाई बन्द हुन्छ । फोहोर, धुलो मैलो छालामा जम्मा हुँदा छालामा रहेको छिद्र थुनिँदा, अत्यधिक पसिना आउनु, गर्मीमा बाक्लो लुगा लगाउनु, फोहोर खेल्नु, नियमित हातखुट्टा सफा नगर्नु, प्रदूषित वातावरण लगायतका कारणबाट शरीरमा घमौरा आउँछ।

घमौरा आएपछि उपचार कसरी गर्ने ?
साधारण रूपमा घमौरा निको पार्न चिसो पानीमा रुमाल भिजाएर छालालाई सफा गर्यो भने पसिना निकाल्ने ग्रन्थिको प्वाल खुल्छ र विस्तारै कम हुन्छ। घमौरा भएको अवस्थामा कटनको लुगा लगाउने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ। कसैलाई धेरै आयो भने माइल्ड स्टोरोइड क्रिम, क्यालामाइन लोसन लगाउनाले पनि केही कम हुन्छ।

कसैलाई इन्फेक्सन भएको हो भने यान्टिबायोटिक क्रिम लगाउन दिन सकिन्छ। तर डाक्टरको सल्लाहबिना कुनै पनि क्रिम वा पाउडरको प्रयोग गर्नु हुँदैन। यस्ता प्रयोगले पसिना निकाल्ने ग्रन्थिको प्वाल झन् थुनिन सक्छ र समस्या झन् बढ्न सक्छ।

गर्मीमा छालामा कुनै पनि समस्या आउन नदिन के गर्ने ?
यसको लागि सबै जनाले आफ्नो छालाको सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ। यसको लागि चिसो पानीले नुहाउने, कटनको लुगा लगाउने, टाइट लुगा नलगाउने, यस्तै, लोसन, मोस्चराइजर लगाउने, दिनमा सातदेखि ८ गिलास पानी पिउने गर्नुपर्छ।

बाहिर कतै जानुपर्यो वा घाममा हिँड्नु पर्यो भने फेसको लागि फेसवास, सन् स्क्रिन क्रिम लगाउने, छाताको प्रयोग गर्ने गर्नुपर्छ। खाने कुरा भिटामिन ए, भिटामिन सी, भिटामिन ई, एन्टिअक्सिडेन्ट भएका फलफूल र तरकारी खाँदा राम्रो हुन्छ। बाहिरका खानेकुरा ‘जकंफुड’ कम खानुपर्छ। बालबालिकालाई घमौरा, घाउ, खटिरा आउँदा कोट्याउन नदिने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार