प्रधानमन्त्री प्रचण्ड आगामी महिना न्यूयोर्क जाँदै

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी महिना न्यूयोर्क र चीन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्यूयोर्क जाने र उतैबाट १९औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने प्रचण्डको तयारी छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क र चीन भ्रमणको तयारी सुरु गरिसकेको छ । ‘प्रधानमन्त्रीज्यूको न्यूयोर्क र चीन भ्रमणको तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय नगरिसकेकाले धेरै कुरा टुंगो लाग्न बाँकी छ ।’

यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको मिति र चीन भ्रमणको मिति (सेप्टेम्बर २३) एकैदिन परेपछि प्रधानमन्त्री प्रचण्ड कहाँ जाने भन्ने द्विविधामा थिए । तर संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने मिति संशोधनका लागि राष्ट्रसंघलाई अनुरोध गरेको थियो । सो अनुरोधपछि प्रधानमन्त्री प्रचण्डले महासभालाई सेप्टेम्बर २१ मा सम्बोधन गर्ने गरी मिति संशोधन भएको स्रोतले बतायो ।

महासभामा सम्बोधन अगाडि विभिन्न कार्यक्रमहरुमा सहभागी पनि हुनुपर्ने भएकाले १६ वा १७ सेप्टेम्बरमा काठमाडौंबाट न्यूयोर्क प्रस्थान गर्ने तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार