विनोद शाही हत्या प्रकरणका अभियुक्त धरौटीमा छुटेपछि अछाममा प्रदर्शन

धनगढी: विनोद शाही हत्या प्रकरणका मुुख्य अभियुक्त भनिएका सज्जनबहादुर शाहीलाई अदालतले धरौटीमा रिहाई गरेपछि अछाममा विरोध प्रर्दशन भएको छ ।

गत साउन २२ गते काठमाडौंको धापासीबाट पक्राउ परेका शाहीलाई जिल्ला अदालतले आइतबार पाँच लाख धरौटीमा छाडेपछि सोमबार विरोध प्रर्दशन भएको हो । विनायक बजारमा जम्मा भएका युुवाहरुले टायर बालेर विरोध प्रर्दशन गरेको र अहिले स्थितिलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले बताए ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज भरत शाहले शाहीको हत्याका मुख्य योजनाकारलाई अदालतले धरौटीमा छाडेपछि आन्दोलनमा उत्रिनु परेको बताए । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावका बेला एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो । सोही विषयलाई लिएर एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुुटपिट गरेका थिए । पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाही बेपत्ता भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार