सुदूरपश्चिमका पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव

धनगढी,२९ साउन । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव भएको छ । प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव भएको हो ।

पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएपछि पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको बताइएको छ । साउन २३ गते बिहान खसेको पहिरोले सडक अवरुद्ध हुनका साथै भासिएको छ।

सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन । तराईबाट पहाडी जिल्लामा पेट्रोलिमय पदार्थ ढुवानी गर्न समस्या भएपछि पेट्रोलिमय पदार्थको अभाव भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार