‘हरेक परिवर्तन कांग्रेसको नेतृत्वमा भएको छ ’: कांग्रेस नेता थापा

बैतडी: नेपाली कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य बहादुरसिंह थापाले देशमा भएका हरेक परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको बताएका छन् । नेपाली कांग्रेसको आन्तरिक बिशेष अभियानका लागि बैतडी पुगेका नेता थापाले यस्तो बताएका हुन् ।

पाटनमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान निर्माणदेखि संविधानको कार्यान्वयन समेत कांग्रेसकै नेतृत्व भइरहेको बताए । उनले भने ‘अहिले सम्मका हरेक परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको छ । यसमा नेपाली कांग्रेसले गर्व गर्नुपर्दछ ।’

Dengue

पार्टीको संगठनलाई बलियो बनाउनका लागि आन्तरिक बिशेष अभियान शुरु भएको बताउँदै उनले पार्टीका नेता र कार्यकर्ता एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसको बिशेष आन्तरिक अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा बैतडी पुगेका थापाले कांग्रेसले लोकतन्त्रका लागि खेलेको भूमिकाका बिषयमा आम नागरिकलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।

कांग्रेसलाई बलियो बनाउन भातृ तथा शुभेच्छुक संस्थाहरुलाई चलायमान बनाउनुपर्नेमा जोड दिँदै नेता थापाले नयाँ दलहरुले अहिले सस्तो लोकप्रियताका लागि काम गरिरहेको आरोप लगाए ।

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नेता थापा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, पार्टीका केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधिहरु, १० ओटै पालिकाका सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसको संगठनलाई चुस्तदुरुस्त बनाउनका लागि आन्तरिक बिशेष अभियान सञ्चालन भएको बताउँदै सभापति चन्दले अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार