धनगढीका ५ क्लिनिकमा औषधि विभागको ताला

कैलाली: औषधि व्यवस्था विभागले धनगढी उपमहानगरपालिका क्षेत्रका पाँच वटा औषधि पसलमा ताला लगाएको छ ।

शुक्रबार र शनिबार गरिएको अनुगमन निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालन गरिएका दुई वटा औषधि पसलमा शिलबन्दी गरेको छ भने दुई क्लिनिक निलम्बन गरेको छ । एउटा क्लिनिकको सञ्चालक नभएकाले तत्काल बन्द गराइएको औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार शाहले जानकारी दिए ।

Dengue

दर्ता बिना सञ्चालन गरिएको धनगढी उपमहानगरपालिका–३ को अर्जुन क्लिनिक र धनगढी–१४ को प्रतिभा क्लिनिक शिलबन्दी गरिएको जानकारी दिए ।

धनगढीको अस्पताल लाइनमा रहेको रघु मेडिकल स्टोरको सञ्चालक नभएको कारण तत्काल पसल बन्द गर्दै ७ दिनभित्र कारवाहीका लागि औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यस्तै, धनगढीको सारथी अस्पतालले प्रमाणपत्रमा उल्लेख भएको फर्मासिस्ट भन्दा अर्को फर्मासिस्टबाट औषधि बिक्री गराएको र लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखिएको पाइएपछि निजलाई औषधी व्यवस्था विमागमा उपस्थित गराउन निर्देशन दिएको शाहले बताए ।

धनगढी– ८ को आशा फार्मेसीमा साइनबोर्ड नभएको, दर्ता नभएको औषधी सञ्चय गरेको, लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखेको पाइएपछि कारवाहीका लागि औषधी व्यवस्था विभागमा बोलाइएको छ ।

अनुगमनका क्रममा क्याम्पस चोकको जया मेडिकल हलले विभागको ऐनअनुसार बिल फर्मेट नराखेको पाइएकाले तत्काल सच्याउन निर्देशन दिइएको छ ।

औषधी व्यवस्था विभागले स्थानीय प्रशासनसँगको समन्वयमा नियमित निरीक्षण अन्तर्गत मेडिकल तथा औषधी पसलमा अनुगमन निरीक्षण गरेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार