काठमाडौँ: प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले समसामयिक राजनीतिक घटनाक्रम बारे आफ्नो पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
एमालेले आज आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरी धारणा सार्वजनिक गर्ने भएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरिएको प्रचारप्रसार विभागका सचिव गगन विष्टले जानकारी दिए ।
वर्तमान समसामयिक राजनीतिक विषयसँगै संसद्को गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्