बैतडी समाजद्धारा आयोजना गरिएको बृहत रक्तदान तथा खीर खाने कार्यक्रम सम्पन्न

धनगढी: बैतडी समाज कैलालीद्धारा आयोजना गरिएको ११ औँ बृहत रक्तदान कार्यक्रम तथा खीर खाने कार्यक्रमको सम्पन्न भएको छ । साउन २७ गते (आज) धनगढीको पदमा नर्सिङ कलेजसँगै रहेको समाजको सचिवालयको प्राङ्गणमा रक्तदान तथा खीर खाने कार्यक्रम गरेको रक्तदान संयोजक राज बहादुर चन्दले जानकारी दिए ।

आजको रक्तदान कार्यक्रममा जम्म १ सय १८ जना सहभागी थिए जस्मा १० जना महिला र १ सय ८ जना पुरुसको सहभागीता रहेको थियो ।

Dengue

बैतडी समाज कैलाली रगतको अभावका भएका बेला रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । समाजले हरेक वर्ष कम्तीमा पनि दुई वटा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । यसअघिका १० वटा रक्तदान कार्यक्रममा ९ सय ५ जना रक्तदाताले रगत दान गरेका थिए ।

‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ समाजले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।

बैतडी समाज कैलालीले हरेक वर्ष बैतडीका ग्रामीण र दुर्गम भेगमा स्वास्थ्य शिविरको पनि आयोजना गर्दै आएको छ । यसअघि समाजले बैतडीको पाटन र मेलौलीमा दुई वटा बृहत स्वास्थ्य शिविरको आयोजना सम्पन्न गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार