कञ्चनपुर र कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी: कञ्चनपुर र कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

शुक्रवार साँझतिर कंचनपुरको भिमदत्त न.पा.-६ सुकासाल र बेलौरी न.पा.-६ मैनाहा बाट अबैध रुपमा भन्सार छली गरि ल्याएका लेडिज सुट,साडी,धोती,दाल,सोडा लगायतका सामानहरु प्रहरिले बरामद गरेको हो । अन्दाजी १ लाख २७ हजार बराबरको सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

Dengue

यस्तै शुक्रवार साँझतिर नै कैलालीको धनगढी उपमहानगरपालिका २ त्रिनगर ब्यारेल नजिकबाट प्रहरिले अबैध भन्सार छलीगरि ल्याएका समान बरामद गरेको छ ।

अन्दाजी ३२ हजार बराबरको लेडिज सुट,साडी,कस्मेटिक सामान लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार