सांसद शर्मा थुनामुक्त

धनगढी । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौँले नक्कली शैक्षिक प्रमाणपत्र प्रकारणमा पक्राउ परेका सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् ।

न्यायाधीश दण्डपाणी शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शर्मालाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।

Dengue

सांसद शर्मालाई सीआइबीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो । सोही प्रकरणमा पक्राउ परेका अन्य दुई जनालाई सात दिन र बाँकी तीन जनालाई पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । शर्मा प्रतिनिधिसभा सदस्य भएकाले थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार