सञ्चारमन्त्री रेखा शर्माले भनिन्- ‘साइबर सेचतना प्रभावकारी बनाउनुपर्छ’

धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी तुल्याउनुपर्ने बताएकी छिन् । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, सूचना तथा सञ्चार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यसँगको भेटमा उनले साइबर सुरक्षाको सवाल संवेदनशील भएकाले यसको सचेतनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी हुन् ।

सरकारले चालु आर्थिक बर्षको बजेटमा डिजिटल साक्षरताका कार्यक्रम अघि सारेको जानकारी दिँदै उनले मन्त्रालय मातहतका अन्य निकायबाट पनि यस्ता कार्यक्रम अघि बढाइएको बताएकी छिन् ।

Dengue

नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी गरिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताइन् । साइबर सुरक्षाका लागि निरन्तर अनुगमन गरी सुरक्षित ‘अनलाइन स्पेस’ निर्माण गर्ने कामलाई पनि साइबर सुरक्षा नीतिको प्रमुख बनाइएको उल्लेख गर्दै मन्त्री शर्माले महिला, बालबालिका वा लैंगिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवालाई निषेध गर्ने नीति लिइएको बताएकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार