पारिवारिक भेटघाट गर्न प्रधानमन्त्री दाहाल चितवन पुगे

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) गृह जिल्ला चितवन पुगेका छन् । प्रधानमन्त्री दाहाल शुक्रबार साँझ चितवन पुगेका हुन् ।

प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहाल दुई दिनसम्म चितवनमा रहनेछन् । प्रधानमन्त्री दाहालको आज साँझसम्म पारिवारिक भेटघाट बाहेक अन्य कार्यक्रम तय नभएको रेनु दाहालले बताएकी छिन् ।

Dengue

प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नेछन् । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन गएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार