सुन तस्करी प्रकरणमा संलग्न आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । उनीहरुलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको कार्यालयका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । उनीहरुबारे थप विवरण आउन बाँकी छ । यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक चिनियाँ, तिब्बती मूलका बेल्जियमका नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।

Dengue

विमानस्थल अध्यागमन कार्यालयले प्रहरीबाट अपराधमा संलग्न केही व्यक्तिको नाम कालोसूचीमा राख्न अनुरोध भइ आएको र त्यसमध्येका दुई चिनियाँ कालोसूचीमा रहेको खुलेपछि पक्राउ गरिएको जनाएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ’ब्रेक शु’ मा हालेर ल्याइएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । सुन बरामद पछि राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेकोमा गएको २२ गतेदेखि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार