गर्भपतन गराउन मेरी स्टोप क्लिनिक पुगेकी प्रितीको मृत्युपछि कैलाली प्रहरी कार्यालय घेराउ

धनगढी: धनगढीमा गर्भपतनको औषधी खाएर एक महिलाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय घेराउ गरिएको छ ।

धनगढी उपमहानगरपालिकास्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएपछि आफन्तले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

Dengue

प्रहरीका अनुसार उनी बिहीबार बिहान गर्भपतन गराउन क्लिनिक पुगेकी थिइन् । क्लिनिकले दिएको औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोद जोशीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने एकजना फरार रहेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार