कञ्चनपुर: कञ्चनपुरमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्।
बिहिबार जिल्लाको बेदकोट र नगरपालिकामा दुई जना मृत फेला परेका हुन्। प्रहरीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका-८ भाँसीका ५२ वर्षीय कालुसिंह सेट्टी दुई दिनदेखी बेपत्ता रहेका थिए। उनको शव बिहीवार बिहान सोहि पालिकाको-७ बसन्तपुर स्थित काङला खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।
यस्तै भीमदत्त नगरपालिका-३ सुन्दर टोलमा नहरको छेउमा सोहि पालिकाको–६ बनगाँउका २७ वर्षीय लोकेन्द्र पार्की बिहीवार बिहान मृत अबस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्