कैलालीको गोदावरी भाइरल पुलमा टिकटक बनाउन र फोटो खिच्न रोक

कैलाली: कैलाली गोदावरीको भाइरल पुलमा टिकटक बनाउन र फोटो खिच्न रोक लगाइएको छ।

केही दिनदेखी अविरल बर्षासँगै आएको बाढीले पुलको जग रहेको क्षेत्र कटान गरेपछि पुल जोखिम अवस्थामा पुगेकोले प्रतिबन्ध लगाइएको छ।

SHIKHAR COOL TECH

मंगलवार निरीक्षण गर्न पुगेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूले पुल धरापमा रहेको भन्दै प्रवेशमा रोक लगाउन भनेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए। तर, त्यसपछि पनि पुलमा सयौँ युवायुवतीहरूको घुइँचो लाग्यो। पुल जति बेला पनि भत्किन सक्ने अवस्थामा पुगेको उनको भनाई छ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने काठे पुल जीर्ण भएपछि नयाँ मोटरेवल पुल निर्माण गरिएको थियो। सवारी चलाउन निषेध गरिएको उक्त पुलमा रङरोगन गरेपछि पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेहरूको रोजाइमा परेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार