गर्भपतन गराउन मेरी स्टोप क्लिनिक पुगेकी प्रितीको मृत्यु, सञ्चालक बुढाबुढी नै फरार !

धनगढी । धनगढीमा गर्भपतन गराउन मेरी स्टोप सामुदायिक क्लिनिक पुगेकी २९ वर्षीया प्रिती थापाको मृत्यु भएको छ । बिहीबार गर्भपतनका लागि मेरी स्टोप पुगेकी थापाको उपचारकै क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मृतकका आफन्तका अनुसार थापा बुधबार नै गर्भपतनका लागि मेरी स्टोप पुगेकी थिइन् । बुधबार थापालाई केही औषधी दिएर घर पठाइएको थियो । तर थप औषधीका लागि भन्दै क्लिनिकले थापालाई बिहीबार पनि बोलाएको थियो । सोही अनुसार उनी बिहीबार क्लिनिक पुगेकी थिइन् । बिहीबार उनलाई क्लिनिकमा औषधी चढाइएको थियो ।

Dengue

तर स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । थापाको उपचारकै क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको आफन्तले बताएका छन् । क्लिनिकले गलत औषधी दिँदा ओभरडोज भएर थापाको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

थापाको मृत्युप्रश्चात आन्दोलित बनेका आफन्तले मेरी स्टोप क्लिनिकका सञ्चालकलाई कार्वाहीको माग गरेका छन् । अवैधानिक रुपमा गर्भपतन गराउने उक्त क्लिनिकलाई कार्वाही नगरे आफ्नै तरिकाले कार्वाही गर्ने मृतकका आफन्तले चेतावनी दिएका छन् ।

आशिका ओझा जोशीको नाममा रहेको क्लिनिक आशिका र उनका श्रीमान बिनोद जोशीले सञ्चालन गर्दै आएका थिए । हाल दुवैजना फरार छन् । दुवैजनाको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार