कैलालीमा लागु औषधसहित एक युवक पक्राउ

धनगढी: कैलालीमा लागु औषधसहित एक युवक पक्राउ परेका छन् ।

बुधबार बेलुकी बिशेष सुचनाको आधारमा गोदावरी–४ बुढीतोलाबाट डोटीको जोरायलका २८ वर्षीय मिन बहादुर मालीलाई ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Dengue

उनलाई शंका लागि चेकजाँच गर्दा खल्तीमा शुद्ध तौल १३ ग्राम लागु औषध र ५३ हजार नगद फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

साथै उनको साथबाट एक थान मोबाइलसमेत बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार