‘बाढी र पहिरो पीडितका समस्याप्रति प्रदेश सरकार अभिभावक बनोस्’

भक्तराज जोशी

प्राकृतिक प्रकोपले निम्त्याउने विपत्ति बाजा बजाएर आउँदैन । न विपत्तिको कुनै समय हुन्छ, न त कुनै साइत । जब आउँछ तब सर्वस्व हरेर लैजान्छ । दुःख दिएर जान्छ र अविष्मरणीय छाप छोडेर जान्छ । र यतिबेला सुदूरपश्चिम प्रदेश यस्तै विपत्तिको सामना गरिरहेको छ ।

लागतारको झरीका कारण सुदूरपश्चिका तराई जिल्ला कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

नदी किनारका सयौँ वस्ती विस्थापित भएका छन् भने हजारौँ परिवार सडकमा त्रिपालको भरमा रात कटाउन बाध्य छन् । खाने, लगाउने, ओड्ने र ओछ्याउने सबैथोक बाढीले बगाएपछि अहिले नागरिक दुखजिलो जीवन बिताउन बाध्य छन् ।

उता पहाडी क्षेत्रका नगारिकको पीडा बेग्लै छ । पहिरोले घर बगाएको छ, सडक सञ्जाल भासिएको छ भने पूरै बस्ती जोखिममा छन् । कतिबेला कहाँबाट जमिन भासिने हो ? भन्ने त्रासै त्रासमा नागरिक रात कटाउन बाध्य छन् ।

यसैबीच अहिले सुकिला मुकिला भएर सुदूरपश्चिम प्रदेश सरकारको जम्बो टोली बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको छ ।

निरीक्षणमा निस्किएको टोलीले बाढी र पहिरोबाट प्रभावित परिवारको घाउमा मल्हम त लगाउन सकेन तर आश्वासन भने जरुर दिएको छ । नांगै, भोकै पलपल त्रासदी जीवन बिताईरहेका पीडित परिवारको उद्धार र व्यवस्थापनका लागि यथाशिघ्र पहल गरियोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार