जेसिज सप्ताह २०२३ः चौथो दिन प्रकरण गोष्ठी सम्पन्न

धनगढी । धनगढी जेसिजको आयोजनामा प्रकरण गोष्ठी सम्पन्न भएको छ । ‘समुदायमा जेसिज’ भन्ने मुल नाराका साथ सुरु भएको ‘जेसिज सप्ताह २०२३’ अन्तर्गतको पाँचौ दिनमा उक्त गोष्ठी सम्पन्न भएको हो ।

बुधबार सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री माननीय प्रकाश बहादुर देउवा रहेका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रुपमा आर्थिक मामिला मन्त्री नरेश कुमार शाही रहेका थिए ।

SHIKHAR COOL TECH

अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को नारा “दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास“ भन्ने प्रकरणमाथि भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, प्रदेशसभा सदस्य शिव सिंह ओलि र प्रदेशसभा सदस्य धर्मराज पाठकले विशेष वक्तव्य प्रस्तुत गरेका थिए ।

उक्त गोष्ठीका धनगढीका विभिन्न स्कूल तथा कलेजका शिक्षक एवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकरण गोष्ठी कार्यक्रमको संयोजक निराजन राज जोशी रहेका थिए भने कार्यक्रममा अतिथिका रुपमा कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझा, सुदूरपश्चिम क्याम्पसका निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योग राज उपाध्याय, नेपाली कांग्रेसका युवा नेता नृप सुनार लगायतको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार