दार्चुलामा ६ केजी चरेस सहित २ जना पक्राउ

भक्तराज जोशी


धनगढी, २२ साउन । दार्चुलामा ६ केजी चरेस सहित २ जना पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका ४ का ६६ बर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका ४ सिप्टीका ७० बर्षीय गौरसिंह ठगुन्ना ६ केजी १ सय ग्राम सहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले शैल्यशिखर नगरपालिका ३ कर्कलेबाट दुवै जनालाई सोमबार बिहान पक्राउ गरेको हो ।

Dengue

प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा दुवै जनाले बोकेको झोलमा प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार