डडेलधुरा अस्पतालमा अनियमितताको आशंका, अख्तियारले सुरु गर्‍यो छानबिन

डडेलधुरा: डडेलधुरा अस्पतालमा अनियमितताको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ।

कञ्चनपुरमा रहेको आयोगको कार्यालयले आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन अस्पताललाई ताकेका गरेको छ।

Seti Hospital

अख्तियारले यहि भदौ १५ गते अस्पताललाई राय प्रतिक्रियासहित काजजात उपलब्ध गराउन आदेश दिएको छ।

अख्तियारले अस्पताललाई अक्सिजन प्लान्ट खरिद भएका कागजात तथा सोसम्बन्धी प्रमाण, स्वास्थ्य शिविरसम्बन्धी कागजात, औषधि खरिद, कर्मचारी भर्ना प्रक्रिया, हाडजोर्नी अपरेशन गर्ने टेबुल खरिद तथा जेनेरेटर खरिदसम्बन्धी कागजात मागेको छ।

ती सम्पूर्ण कागजात १५ दिनभित्र पठाउन अस्पताललाई ताकेता गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार