बझाङ, २० साउन । बझाङको कालंगा नदी बेसिनमा निर्माणाधीन ३ जलविद्युत आयोजनाबाट ६४ मेगावाटभन्दा बढी विद्युत पूर्णरूपमा प्रणालीमा जोडिएका छन् ।
जिल्लाको बुंगल नगरपालिकामा र केदारस्युँ गाउँपालिकामा संञ्चालित माथिल्लो कालंगा हाइड्रो पावर, कालंगा गाड हाइड्रो पावर र सानीगाड हाइड्रो पावरको आयोजना बिजुली पूर्णरूपमा विद्युत प्रणालीमा जोडिएका हुन् ।
सानी गाड हाइड्रो प्रालि अन्तर्गतका ३ कम्पनीले उक्त बेसिनमा विकास गरेका ३ आयोजनाबाट ६४.४९ मेगावाट विद्युत दार्चुलाको बलाँच स्थित नेपाल विद्युत प्राधिकरणको १३२/३३ केभी सबस्टेसनमा जोडिएको हो ।
प्रतिक्रिया दनुहोस्